Madhes Khabar
राष्ट्रिय

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

फाइल फोटो

वीरगन्ज,२२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी काठमाण्डौको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।साभार : अनलाइनखबर

Related posts

मंसिरको चुनावमा चार वटा मतपत्र, उम्मेदवारको मात्र चुनाव चिह्न

MadhesKhabar

बम्जनविरुद्ध बारा प्रहरीमा कर्तव्य ज्यान र बेपत्ता उद्योगमा दुई वटा जाहेरी दर्ता

MadhesKhabar

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा किन चलाइएन ? भन्दै सर्वोच्चले माग्यो कारण

MadhesKhabar

Leave a Comment