Madhes Khabar
राष्ट्रिय

३ वर्षपछि नेपालका कुनैपनि सडकमा खाल्डाखुल्डी नदेखिने पूर्वाधारमन्त्री लम्सालकाे दाबी

काठमाडौं,४असार: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अबको तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटमा सोही अनुसार विनियोजन गरिएको बताए । अब खाल्डाखुल्डी मर्मत गर्ने काम पटके नभई नियमित तालिका अनुसार हुने भएकाले लक्ष्य अनुसार काम हुने उनको दाबी छ ।

पालिका जोड्ने सडकहरूमा पर्याप्त बजेट राखिएको उनको भनाइ छ । दुर्गम क्षेत्रका सबै वडा केन्द्रमा सडकमार्ग पुग्ने गरी कार्ययोजना बनेको भन्दै उनले यो ९ वर्षे कार्ययोजना भएको जानकारी दिए ।

३ वर्षमा ट्र्याक खोलिसक्ने र त्यसपछि ग्राभेल र पिच गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए । यसको नाम बजेटमा नराखिएको र स्थानीय तहसँगको समन्वयमा यो योजना कार्यान्वयन गरिने उनले बताए । अबको ३ वर्षमा २८ अर्ब ५० करोड खर्च गरिने समेत उनले जानकारी दिए ।

Related posts

रविका समर्थककाे आक्रमणमा परेका अधिवक्ता त्रिपाठीले भने :ठोक–ठोक भन्दै आएको जत्थाले भुइँमा पछार्‍यो

MadhesKhabar

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन

MadhesKhabar

भदौ २४ को उपद्रवमा संलग्न २५० जनालाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले छोड्यो

MadhesKhabar

Leave a Comment