Madhes Khabar
राष्ट्रिय

ईन्टरनेट सेवा अवरुद्ध हुन नदिन निर्वाचन आयोगको संचार मन्त्रालयलाई निर्देशन

मधेश खबर
वीरगंज ,१९ बैशाख

इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्वाचन आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । इन्टरनेट सेवा अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिनाई हुने भएकाले त्यसतर्फ नेपाल सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिने निर्णय भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो ।

Related posts

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा किन चलाइएन ? भन्दै सर्वोच्चले माग्यो कारण

MadhesKhabar

छोरी जन्मिएपछि नारायणी अस्पतालको बेडमै छोडेर आमा बेपत्ता

MadhesKhabar

सेना परिचालन गर्न राष्ट्रपति भण्डारीद्वारा स्वीकृति

MadhesKhabar

Leave a Comment