
मधेश खबर
वीरगंज ,१९ बैशाख
इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्वाचन आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । इन्टरनेट सेवा अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिनाई हुने भएकाले त्यसतर्फ नेपाल सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिने निर्णय भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो ।

