Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता विधेयक अगाडि बढाउने सरकारकाे तयारी

काठमाडौं,२३माघ : सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताएका छन् ।

नागरिकतालगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।

यस अनुसार सम्बन्धित मन्त्रीहरुलाई समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए ।

प्रधानमन्त्रीमा विश्वासको मत माग्दै गदौ प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्र नागरिकता कानुन बनाउने बाचा गरेका थिए ।

आफ्नो बाचा अनुसार नै नागरिकता ऐन बनाउने आफ्नो चाहना रहेको दलका प्रतिनिधिहरु समक्ष प्रधानमन्त्री प्रचण्डले राखेका छन् ।

गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । नागरिकता विधेयक अगाडि बढाउने मन्त्रालय पनि गृह मन्त्रालय हो ।

अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता ऐन बन्न सकेको थिएन । संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीरण नगरिदिँदा नागरिकता ऐन बन्न नसकेको हो ।

अघिल्लो कार्यकालमा मुख्यत विदेशी बुहारीको विषयमा दलहरुका विषयमा कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा नेकपा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

सरकारमा सँगै रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पनि कांग्रेस नेतृत्वमा सरकार बनेपछि ०६३ अनुसार नै विवाह गरेर आए लगत्तै वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रहेको थियो । अहिले फेरि एमाले र माओवादी सरकारमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार नागरिकता लगायत, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य सम्बन्धी विषयमा समेत विधेयकहरु तयार भएका छन् । तयार भएका विधेयकहरुलाई सदनमा लैजाने तयारी सम्बन्धित मन्त्रालयलाई गर्न निर्देश गरिएको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जमा राजस्व अनुसन्धान विभागको रहस्यमय छापामारी जारी,आजपनि एक घरमा शिलबन्दी

MadhesKhabar

वीरगन्जमा तनाव साम्य नहुदाँ कर्फ्यू लम्ब्याइयो, पछिल्ला वर्षमा सीमावर्ती क्षेत्रमा ‘बढ्दै’ यस्ता घटना

MadhesKhabar

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने आसिफ र आरिफलाई वीरगन्ज–१० का वडाध्यक्ष कानुले गरे सम्मानित

MadhesKhabar

Leave a Comment