Madhes Khabar
राष्ट्रिय

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न कानुन निर्माण गर्ने सरकारको निर्णय

फाइल फाेटाे

काठमाडौं,१९बैशाख : सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मिटरब्याजसँग सम्बन्धी समस्या छिटोभन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताए।

प्रवक्ता शर्माले बुधबार पनि मन्त्रिपरिषद बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिइन् ।

Related posts

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश

MadhesKhabar

भरतपुर महानगरको मतगणना रोकियो

MadhesKhabar

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment