Madhes Khabar
राष्ट्रिय

आचार संहिता उल्लंघन गर्नेलाइ निर्वाचन आयोगले कारबाही गरेन –काँग्रेस

मधेसखबर
वीरगन्ज, १८ बैशाख
:नेपाली कांग्रेसले अरु दलहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ ।
एमाले सहितका अन्य दलहरुले ठाडो आचारसंहिता उल्लंघन गर्दा पनि कुनै प्रकारको कारबाही नभएको भन्दै काँग्रेसले निर्वाचन आयोगको आलोचना पनि गरेको छ ।
आइतबार काठमाण्डौको सानेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर काँग्रेस प्रवक्ता प्रकाश शरण महतले निर्वाचन आयोग काँग्रेससंग पूर्वाग्रह बनेको आरोप पनि लगाए ।
महतले भने ,‘ कांग्रेसले केहि नगर्दापनि निर्वाचन आयोगले स्पष्टिकरण सोध्यो , तर विपक्षी एमाले लगायतका अन्य दलहरुले ठाडै आचारसंहिता उल्लंघन गर्दिा पनि आयोग मौन बसेको छ ।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता महतले पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने नेता कार्यकर्तालाइ कारबाही हुने बताए ।
तर उम्मेदवारी दिएर पछि फिर्ता लिएकाहरुलाइ भने कारबाही नहुने उनले प्रष्ट पारे ।

Related posts

पर्सा राष्ट्रिय निकुञ्जको वार्डेन डा. अशोक राम

MadhesKhabar

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना जेल सजाय हुने

MadhesKhabar

बम्जनविरुद्ध बारा प्रहरीमा कर्तव्य ज्यान र बेपत्ता उद्योगमा दुई वटा जाहेरी दर्ता

MadhesKhabar

Leave a Comment