Madhes Khabar
राष्ट्रिय

सहकारी ठगी प्रकरणमै रवि लामिछाने विरुद्ध रुपेन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

फाइल तस्बिर ।

भैरहवा,८कार्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

बिहीवार रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो।

अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देहीपनि लगेर अनुसन्धान गरिने भएको छ। तर, बिहीबार कास्की प्रहरीले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएकोले म्यादअवधी पश्चात रुपन्देही लगिने सम्भावना देखिएको छ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

MadhesKhabar

पप्पु कन्स्ट्रक्सनका पुर्वसञ्चालक हरिनारायण रौनियार पक्राउ

MadhesKhabar

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

MadhesKhabar

Leave a Comment