Madhes Khabar
कृषि

वीरगन्जमा कृषिमन्त्री ज्वाला साहकाे छड्के अनुगमन

वीरगन्ज ,१८ माघ :कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्।

बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्।

अनुगमनको क्रममा मन्त्री साहले बैशाख ,जेठ सम्म मलको अभाव नहुने, असारमा हुने खेतीको लागि अभाव हुने देखिएको भन्दै अहिले देखि खरिद प्रक्रिया अगाडि बढने बताइन्।

मल अहिले मौज्दात रहेको र असारमा हुने खेतीका लागि स्रोत ब्यवस्थापन गरेर केहि दिनमा यो प्रक्रिया अगाडि बढने मन्त्री साहले आश्वासन दिइन्।

उनले कर्मचारीको अभाव देशभरि नै रहेकाले उपलब्ध कर्मचारीकै सक्रियताले काम गर्न निर्देशन दिइन्। कृषि समाग्री कम्पनी लिमिटेड वीरगन्जका क्षेत्रीय प्रमुख चन्द्र चौलागाईंले मलको आवश्यकता रहेकाले यसमा गम्भीर हुन आग्रह गरे।

बुधार नै साहले वीरगन्ज स्थित पशु क्वारेन्टाइन कार्यालय र सुख्खा बन्दरगाहमा पनि पुगेर अनुगमन गरेकि छन् ।साभार:नयाँपत्रिका

Related posts

सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

MadhesKhabar

महावीर पुनले चलाएको वीरगन्ज कृषि औजार कारखानाबाट १७ लाखका औजार बिक्री

MadhesKhabar

बारा र रौतहटका किसानमा खुशीयाली ल्याउने जमुनी सिंचाई योजनाको काम ४ वर्षदेखि ठप्प

MadhesKhabar

Leave a Comment