Madhes Khabar
कर्पोरेट

अब अर्को बैंककाे एटिएम प्रयोग गर्दा १५ रुपैयाँभन्दा बढी नलाग्ने

काठमाडौं ,१७ माघ :अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तर बैंक एटिएम) प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने भएको छ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९ ले अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले कोभिडकालमा प्रत्येक महिना दुइटासम्म यस्तो कारोबारमा बैंकहरूले शुल्क लिन नपाउने गरी दिएको सुविधा समेत हटाएको छ।

अन्तर बैंक एटिएम प्रयोग गर्दा करिब १० रूपैयाँ मुलुक बाहिरिने गरेको छ। यही कारण यस्तो सुविधा हटाइएको हो। यसअघि अन्तर बैंक एटिएमको प्रयोगमा अधिकतम २० रूपैयाँसम्म लिन पाइने व्यवस्था थियो।

त्यस्तै, विद्युतीय कारोबार गर्दा खाताबाट रकम काटिने तर भुक्तानी वा ट्रान्सफर नहुने अवस्थामा समेत नयाँ नियम ल्याइएको छ। यसरी पैसा पठाउनेको खाता रहेको संस्था र पाउनेको खाता रहेको संस्था फरक/फरक भए पनि पनि कारोबारपछिको तीन दिनभित्र हिसाब मिलान हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कारोबारको हिसाब मिलानको लागि सात दिनको समय दिइएको थियो।

वालेटबाट प्रतिदिन गरिने रकममान्तर (फण्ड ट्रान्सफर) को सीमा समेत परिवर्तन गरिएको छ भने प्रति कारोबार रकमको सीमा हटाइएको छ। अब बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रूपैयाँ, वालेटबाट अन्य बैंक खातामा पनि प्रति दिन दुई लाख रूपैयाँ र एउटा वालेटबाट अर्को वालेटमा ५० हजार रूपैयाँसम्म पठाउन पाइनेछ।साभार:सेताेपाटी

Related posts

नेपाल इन्भेस्टमेन्टसहित ६ वटा बैंक परे कारबाहीमा

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ कसरी भयो चोरी ?

MadhesKhabar

Leave a Comment