Madhes Khabar
मधेस प्रदेश हेडलाइन

गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकर्मी झाले पाउने

मधेसखबर
वीरगन्ज,१६ माघ :यस वर्षको स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्णपोष्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिने भएको छ ।

वीरगन्जमा सोमबार बसेको स्वर्गीय गोपाल चन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं संस्करणको पुरस्कार पत्रकार झालाई दिने निर्णय गरेको हो । झा , नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष पनि हुन् ।
वीरगन्जका पत्रकार स्वर्गीय गौतमको स्मृतिमा १३ वर्ष पहिले स्थापित स्वर्गीय गोपालचन्द्र गौतम प्रतिष्ठानले , समाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरि एक तोला सुनको तक्मा पुरस्कार रुपमा प्रदान गर्दै आएको छ ।

आगामी फागुन २ गते वीरगन्जमा प्रतिष्ठानले एक समारोहको आयोजना गरि झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
यो पुरस्कार अघिल्लो वर्ष सप्तरीका पत्रकार बैजनाथ झाले पाएका थिए ।प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ पत्रकार चन्द्र किशोर लगायतको सहभागीता थियो ।

Related posts

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

MadhesKhabar

निजगढ विमानस्थल निर्माणको लागि चारकिल्ला तोक्ने र डिपिआर बनाउने प्रकृया अगाडि बढ्यो

MadhesKhabar

बारामा एकैदिन ३३२ जना फरार अभियुक्त पक्राउ

MadhesKhabar

Leave a Comment