Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा हेरफेर गरेरै दिएकाे कृषि मन्त्रालय स्विकार्याे जनमत पार्टीले

जनकपुर,१३ माघ :मधेशस प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ ।

जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान जनकपुरमा बसेको थियो । बैठकले तत्काल कृषि मन्त्रालय नै स्वीकार गर्ने निर्णय गरेको दलका नेता यादवले बताए ।

‘जनमतले समाजिक विकास र कृषि मन्त्रालय लिने सहमति भएको थियो । तर पहिलो चरणमै सामाजिक विकास मन्त्रालय दिनु पर्नेमा हेरफेर गरेर कृषि दियो । हामीले मागेकै मन्त्रालय दिएकोले तत्काल स्वीकार गर्ने हाम्रो निर्णय भएको छ’, उनले भने, ‘अब सामाजिक विकास मन्त्रालयको लागि दबाब दिन्छौं ।’

मधेस सरकारको तश्रो ठूलो दल जनमतका कुशवाहालाई महत्वपूर्ण तीन मध्ये पहिलो चरणमा समाजिक विकास मन्त्रालय दिने दलहरुबीच सहमति भएको थियो ।साभार:अनलाइनखबर

Related posts

उपेन्द्र यादवले जितेको सप्तरी २ बाट सिके राउत चुनाव लड्ने

MadhesKhabar

रौतहटमा माधव नेपालले शिलान्याश गरेको पुल १२ वर्ष सम्ममा पनि बनेन

MadhesKhabar

वीरगन्जमा सरावगीको पालामा लगाइएका ठेक्का सम्झौता खारेज गर्ने निर्णय

MadhesKhabar

Leave a Comment