Madhes Khabar
मधेस प्रदेश

महोत्तरीको जलेश्वरका मेयर सोनार र उपमेयर खातुनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,२७बैशाखःमहोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित ११ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हो ।हाट बजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गर्नुका साथै भएको काम भन्दाबढी रकमपनि भुक्तानी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार, जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबीपनि गरेको छ ।

Related posts

मधेसमा विधुत प्राधिकरणको निर्देशन : ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’

MadhesKhabar

राैतहट : सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

MadhesKhabar

राैतहटमा नेपाली १ हजार दरका नक्कली नोटसहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment