Madhes Khabar
स्थानिय

माइस्थान मन्दिर अगाडी गाडी पार्किङ गर्ने कर्मचारीहरु विरुद्ध कारबाही प्रकृया शुरु

मधेसखबर
वीरगन्ज,१८पुस :वीरगन्जकाे माइस्थान स्थित थहवामाई मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारी विरुद्ध महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ ।

वीरगन्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरु विरुद्ध कारबाही प्रकृया अघि बढाइएको हो ।

घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।

‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।

यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।

नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि मेयर राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताएका थिए ।

‘मेयरकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ मेयर सिंहले भने ।

Related posts

३ वर्षभित्रै बन्नु पर्ने दुधौरा पुल ६ वर्ष बित्दापनि अधुरै

MadhesKhabar

वीरगन्जमा उद्घाटनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले गरे अवलाेकन

MadhesKhabar

ठोरीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन ६ महिने सिलाईकटाई तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment