Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरकाे फाेहाेर व्यवस्थापन र वृक्षाराेपण संयाेजनकाे जिम्मा खेतानलाई

मधेसखबर
वीरगन्ज ,१८ मंसिर :वीरगन्ज महानगरपालिकाले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानलाई महानगरकाे फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन संयोजकको जिम्मेवारी दिएको छ ।

महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरीयाली वातावरण निर्माणको लागि खेतानलाई यो जिम्मेवारी दिइएको हो ।

महानगरका मेयर राजेशमान सिंहले आइतबार खेतानलाई जिम्मेवारी सुम्पदै महानगरले लिएको लक्ष्य प्राप्ती हुनेगरी काम गर्न खेतानसंग आग्रह गरे ।

महानगरलाई हरित शहरको रुपमा रुपान्तरण गर्न नगरका हरेक वार्डमा अहिले बृक्षारोपणको काम अघि बढेको छ ।

नवनियुक्त संयाजक खेतानले वीरगन्ज महानगरलाई हरित शहर बनाउँदै सफा सुन्दर बनाउने अभियानमा सबैको साथ र सहयाेग आवश्यक पर्ने बताए ।

Related posts

बाराबासीलाई खुशीको खबर : अब कलैयाबाटै सवारी चालकको लाइसेन्स वितरण हुने

MadhesKhabar

पर्साकाे झबराहामा रहेका रक्सी भठ्ठीहरुमा पुग्न थाल्याे प्रहरीको नजर

MadhesKhabar

वीरगन्ज : पाेलमा चढेर विद्युत मर्मत गर्ने क्रममा खसेर विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु

MadhesKhabar

Leave a Comment