Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरकाे फाेहाेर व्यवस्थापन र वृक्षाराेपण संयाेजनकाे जिम्मा खेतानलाई

मधेसखबर
वीरगन्ज ,१८ मंसिर :वीरगन्ज महानगरपालिकाले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानलाई महानगरकाे फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन संयोजकको जिम्मेवारी दिएको छ ।

महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरीयाली वातावरण निर्माणको लागि खेतानलाई यो जिम्मेवारी दिइएको हो ।

महानगरका मेयर राजेशमान सिंहले आइतबार खेतानलाई जिम्मेवारी सुम्पदै महानगरले लिएको लक्ष्य प्राप्ती हुनेगरी काम गर्न खेतानसंग आग्रह गरे ।

महानगरलाई हरित शहरको रुपमा रुपान्तरण गर्न नगरका हरेक वार्डमा अहिले बृक्षारोपणको काम अघि बढेको छ ।

नवनियुक्त संयाजक खेतानले वीरगन्ज महानगरलाई हरित शहर बनाउँदै सफा सुन्दर बनाउने अभियानमा सबैको साथ र सहयाेग आवश्यक पर्ने बताए ।

Related posts

वन्यजन्तुको चोरी सिकारीमा मन्त्री जयसवाल र उनका भाईसहित ३ जनालाई निकुञ्जले दियो सफाई

MadhesKhabar

वीरगन्जमा ट्यांकर र वारुण यन्त्र लगायतका साधनबाट दैनिक ५ लाख लिटर पानी वितरण

MadhesKhabar

तिहार र छर्ठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन पर्साका सिडिओ रेग्मीको आग्रह

MadhesKhabar

Leave a Comment