Madhes Khabar
राजनीति हेडलाइन

बारा ३ मा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाद्धारा पार्टी परित्याग

मधेसखबर
वीरगन्ज, १५ कार्तिक : बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बारा ३ मा पार्टीले उठाएका उम्मेदवार प्रति असन्तुष्टि जनाउँदै ७६ जनाले एमाले परित्याग गरेका हुन् । एमाले परित्याग गनेहर्रुमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमण लगायतका छन् ।

उनीहरुले बारा ३ बाट प्रतिनिधिसभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।

पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान र लज्जा महसुस गरेको उल्लेख छ ।

उनीहरुले एमाले नेताहरुको गतिविधि र व्यवहारका कारण श्रमिक, किसान, मजदुरका साथै नेपाल र नेपाली जनताको हित र जीवनस्तर सुधारका पक्षमा जनताको अपेक्षा अनुसार काम हुने अवस्था नदेखिएकाले पार्टी परित्याग गरेको बताएका छन् । साभार : अनलाइनखबर

Related posts

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

MadhesKhabar

नेपालमा पुनः देखिन थाल्यो कोरोना संक्रमण

MadhesKhabar

वीरगन्जका होटल , रेष्टुरेन्ट र क्याफेमा अनुगमन

MadhesKhabar

Leave a Comment