Madhes Khabar
सुदूरपश्चिम प्रदेश हेडलाइन

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

मधेसखबर
वीरगन्ज, ०६ कार्तिक : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसको वडा समितिले नै आगामी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापा मगरले बताउनु भएको छ । अध्यक्ष थापा मगरले बिज्ञप्ती नै जारी गरी यस्तो घोषणा गर्नुभएको हो ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडा समितिले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री देउवासँगमात्र कुरा गर्ने समेत उल्लेख छ ।

Related posts

मतगणनाकाे सुचना सहज र प्रभावकारी बनाउन निर्वाचन आयाेगकाे निर्देशन

MadhesKhabar

अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्नेलाई वीरगन्ज महानगरले गर्याे ५ हजार जरिवाना

MadhesKhabar

पर्सा १ मा बागी उम्मेदवारीले असन्तुष्ट काँग्रेसका प्रभावशाली नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment