Madhes Khabar
स्थानिय हेडलाइन

अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्नेलाई वीरगन्ज महानगरले गर्याे ५ हजार जरिवाना

वीरगन्ज ,६साउन: वीरगन्ज महानगरपालिकाले अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्ने एक जना घरधनीलाई कारबाही गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका जयलाल साहले आफ्नो घरमा अनाधिकृत रुपमा डिप बाेरिङ जडान गरेकाले उनलाई महानगरपालिकाले ५ हजार रुपैयाँ आर्थिक जरिबाना गरि कारबाही गरेकाे हाे ।

वीरगन्ज महानगर क्षेत्रमा भुजलकाे सतह तल गएर चापाकलहरु सुकेपछि महानगरपालिकाले शुक्रबार एक सुचना नै जारी गरेर महानगरका विभिन्न वडाहरुमा भइरहेकाे अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको थियाे। पछिल्लो समय वर्षा नहुँदा चापाकलहरु सुकेर बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले अनाधिकृत रुपमा बाेरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको हो ।महानगरपालिकाले आवश्यक परेकाे खण्डमा महानगरपालिकासँग स्वीकृत लिएर मात्रै डिपा बोरिङ गर्न उक्त सूचना मार्फत आग्रह पनि गरेकाे थियाे ।

तर नगवामा साहले महानगरकाे उक्त सुचना र निर्देशनलाई अटेरी गरेर इजाजत विना  चार इन्च पानी आउने डिप बाेरिङ जडान गरिरहेको शनिबार भेटिएपछि महानगरपालिकाले साहलाई ५ हजार जरिवाना तिराउँदै कारबाही गरेकाे महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले बताए ।

कुनैपनि वडामा कसैलेपनि महानगरपालिकाे अनुमति बिना जथाभाबी रूपमा डिप बोरिङ जडान गर्ने कार्य गरेको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने दासले बताए ।

पछिल्लो केही समय यता वीरगन्जसहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ ।यसले गर्दा कतिपयले अनधिकृत रूपमा डिप बोरिङ गरिरहेका छन् । डिप बोरिङले जमिन मुनीको पानी रित्तिने र जमिन भासिने समस्या आउन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्न महानगरपालिकाले अनाधिकृत डिप बाेरिङ जडान कार्यमा राेक लगाएकाे दासले बताए ।

Related posts

पर्सा २ : काँग्रेसका चौरसिया जसपाका कुर्मी भन्दा ६१२ मतले अगाडि

MadhesKhabar

सुरु भयो तिहार, आज काग पूजा

MadhesKhabar

रमाइलो गर्नेहरुका लागि वीरगन्जमा खुल्यो ‘वाटर पार्क’

MadhesKhabar

Leave a Comment