Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशालाका लागि ४ करोड बजेट विनियोजन

वीरगन्ज,२०जेठःसरकारले अगामी आर्थिक वर्ष २०८२÷०८३ मा पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ।पर्सा जिल्लाका विभिन्न खेलमैदानका लागि सरकारले बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ।

वीरगन्जको नारायणी रंगशाला, निर्माणाधिन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको हो ।नारायणी रंगशाला स्तरोन्नतीका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि चार करोड तथा आर्दशनगर रंगशाला र बढनियार खेलकुद ग्राउण्ड निर्माणका लागि तीन करोड छुट्याइएको छ।

यस्तै जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ। उक्त मैदानका लागि तीन करोड बजेट परेको छ। सोही वडामा रहेको क्रिकेट खेल मैदानमा तीन करोड बजेट परेको बजेट पुस्तिकामा उल्लेख छ। तिवारी यादव/नयाँपत्रिका

Related posts

विश्वकप फुटबलमा आज ब्राजिल र क्राेएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड भिड्दै

MadhesKhabar

भारतीय पर्यटकहरु भित्रिने ठोरी नाकाकाे भन्सार बन्द हुदाँ हाेटल तथा पर्यटन व्यवसायीहरु मर्कामा

MadhesKhabar

पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु

MadhesKhabar

Leave a Comment