Madhes Khabar
स्थानिय हेडलाइन

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

वीरगन्ज,२०असाेज:अविरल वर्षाका कारण आएको बाढी र डुबानले क्षति पुर्‍याएको वीरगन्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत वीरगन्ज-२४ रामगढवा सडक खण्डको मर्मत कार्य वीरगन्ज महानगरपालिकाले गरेसँगै आवागमन सहज बनेको छ।

बाढी र डुबानका कारण सडक धस्सिनुका साथै खाल्डो परेर आवतजावतमा कठिनाई आएको थियो । महानगरले तत्काल माटो पुरेर ग्रेबल बिछ्याउने काम गरेसँगै अहिले स्थानीयवासी र सवारी साधनको आवातजावत सहज बनेको छ।महानगरका मेयर राजेशमान सिंह आँफैले विभिन्न वडामा पुगेर बाढी र डुबानको स्थलगत अवलोकन गर्नुका साथै उद्धार तथा राहत कार्यका लागि जनशक्ति परिचालन गर्न निर्देशन दिएका थिए।

मेयर सिंहले भने, “हामीले तत्काल जनजीवन सहज बनाउन प्राथमिकताका रूपमा सडक र आवागमन पुनःस्थापनामा ध्यान केन्द्रित गरेका छौं। प्रभावित वडाहरूमा स्थायी समाधानका लागि दीर्घकालीन योजना तय गरेर काम गरिरहेका छौं ।”

 

बाढी र डुबानका कारण रामगढवा मात्र नभई महानगरका अन्य वडाहरूमा पनि सडक, नाला, पुलपुलैया र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ। ती क्षेत्रमा समेत महानगरले चरणबद्ध रूपमा मर्मत तथा पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएको छ।

Related posts

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

MadhesKhabar

उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार

MadhesKhabar

ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ

MadhesKhabar

Leave a Comment