Madhes Khabar
स्थानिय हेडलाइन

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

वीरगन्ज,२०असाेज:अविरल वर्षाका कारण आएको बाढी र डुबानले क्षति पुर्‍याएको वीरगन्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत वीरगन्ज-२४ रामगढवा सडक खण्डको मर्मत कार्य वीरगन्ज महानगरपालिकाले गरेसँगै आवागमन सहज बनेको छ।

बाढी र डुबानका कारण सडक धस्सिनुका साथै खाल्डो परेर आवतजावतमा कठिनाई आएको थियो । महानगरले तत्काल माटो पुरेर ग्रेबल बिछ्याउने काम गरेसँगै अहिले स्थानीयवासी र सवारी साधनको आवातजावत सहज बनेको छ।महानगरका मेयर राजेशमान सिंह आँफैले विभिन्न वडामा पुगेर बाढी र डुबानको स्थलगत अवलोकन गर्नुका साथै उद्धार तथा राहत कार्यका लागि जनशक्ति परिचालन गर्न निर्देशन दिएका थिए।

मेयर सिंहले भने, “हामीले तत्काल जनजीवन सहज बनाउन प्राथमिकताका रूपमा सडक र आवागमन पुनःस्थापनामा ध्यान केन्द्रित गरेका छौं। प्रभावित वडाहरूमा स्थायी समाधानका लागि दीर्घकालीन योजना तय गरेर काम गरिरहेका छौं ।”

 

बाढी र डुबानका कारण रामगढवा मात्र नभई महानगरका अन्य वडाहरूमा पनि सडक, नाला, पुलपुलैया र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ। ती क्षेत्रमा समेत महानगरले चरणबद्ध रूपमा मर्मत तथा पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएको छ।

Related posts

समाजवादी मोर्चाको पहिलो सभा वीरगन्जमा : प्रधानमन्त्रीसहित शीर्ष नेताले गरे सम्बोधन

MadhesKhabar

ठाकुरराम क्याम्पसमा तालाबन्दी

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रमद्वारा ८ वर्षमा २ सय ९२ जनाको उद्धार

MadhesKhabar

Leave a Comment