Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा पाटे बाघ मृत अवस्थामा फेला

मधेसखबर
वीरगन्ज ,३० असाेज : पर्सामा एउटा पाटे बाघ मृत फेला परेकाे छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा बयष्क पाटे बाघ मृत फेला परेको हने । राष्ट्रिय वनबाट करिब ३ सय मिटर दक्षिण भलुवाही खोला नजिकै झाडीमा आइतबार मृत अवस्थामा बाघ फेला परेको हो ।

मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको अवस्थामा पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीन चार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए ।

मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्ट मार्टम गरेपछि यकिन कुराको जानकारी हुने डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए । मृत बाघ अहिले सव डिभिजन वन कार्यालय बषन्तपुरमा राखिएको छ ।

Related posts

आर्थिक मन्दीको असर : वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व असुलीको लक्ष्य भेट्याउन असफल

MadhesKhabar

वीरगन्जमा अझैपनि हैजाको जोखिम कायमै, खोप कार्यक्रम चलाइने

MadhesKhabar

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका वीरगन्जका खेलाडी सागरलाई मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

Leave a Comment