Madhes Khabar
राजनीति

एमाले–जसपाको अपबित्र गठबन्धन देश र जनताको हितमा छैन : नेता प्रभु साह

मधेसखबर
वीरगन्ज, २४ असोज : नेकपा एमालेबाट टिकट पाएर पनि रौतहट ३ को प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले एमाले र जसपा बिचको गठबन्धन नै अनैतिक र अपबित्र भएको बताएका छन् ।

जसपा र एमाले बिच गरिएको चुनावी गठबन्धन देश र जनताको हितमा नभएका कारण नै एमालेबाट टिकट पाएर पनि आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

सन्चारकर्मीसंग कुरा गर्दै साहले भने ,‘ एमाले पार्टीको नीती विपरित केपी ओलीले जसपासंग गठबन्धन गर्ने निर्णय गरे , यसको मैले नितीगत रुपमै विरोध गर्दे आएका थिए , अन्तिम सम्म पनि त्यसलाइ रोक्न नसकेपछि मैले एमालेबाट टिकट पाए पनि स्वतन्त्र नै उम्मेदवारी दिएको हु ।

मधेसका आठ वटै जिल्लामा जहाँ जहाँ जसपाले उम्मेदवारी दिएको छ ती सबै क्षेत्रमा आफुले पनि स्वतन्त्र उम्मेदवारी दिन लगाएको साहले बताए । साहले भने ,‘ मैले स्वतन्त्र उम्मेदवारी दिन लगाएपछि ती उम्मेदवारहरुलाइ म एमालेमै रहेर मत माग्न र सहयोग गर्न नैतिकताले पनि मिल्दैन , त्यसैले मैले पनि स्वतन्त्र उम्मेदवारी दिएको हु ।

साहले भने ,‘ खासगरि जसपा जो एकछिन यता एकछिन उता भएर देशकै राजनीति अस्थिर बनाउने काम गरेको छ , जसले मधेसी पहाडी भनेर देशमा साम्प्रदायिकता ल्यायो , भ्रष्टचारीलाइ बोकेर हिडेको छ, गौर हत्या काण्ड सम्म गरयो , त्यस्तो शक्तिलाइ बोकेर एमालेसंगैसंगै हिडेपछि म स्वतन्त्र भएको हु ।उनले स्वतन्त्र उम्मेदवारी दिएसंगै आफुले एमाले परित्याग गरेको बताए । साहले भने ,‘ स्वतन्त्र उम्मेदवारी दिएपछि स्वत पार्टी सदस्यता खतम हुन्छ, त्यस कारण अब एमालेमा छैन ।

 

Related posts

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड ‘सहमत’

MadhesKhabar

मधेस आन्दोलनका शहिदको सालिकमा जसपा अध्यक्ष राई, मन्त्री यादव र मेयर सिंहद्धारा माल्यार्पण

MadhesKhabar

पर्सा ४ मा रिजालको भव्य स्वागत ,मतदाता भन्छन् : दुखसुखमा साथ दिनेलाई नै भोट दिन्छौ

MadhesKhabar

Leave a Comment