Madhes Khabar
राजनीति हेडलाइन

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी भन्छन् : मेरो उम्मेदवारी विभेद र अन्यायको विरुद्ध हो

मधेसखबर
वीरगन्ज, २३ असोज : नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

द्विवेदी , अन्तिम समय सम्म पार्टीबाट नै टिकट पाउनु पर्ने अडानमा थिए । तर शनिबार राति सत्तँगठबन्धनमा रहेको काँग्रेस र लोसपा बिच चुनावी तालमेल गर्ने सहमति भएपछि पर्साा क्षेत्र नम्बर १ लाोसपाको भागमा परेको थियो ।

त्यसपछि द्धिवेदीले आइतबार दिउँसो वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्र्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

इसअघि पनि द्विवेदीले पार्टीबाट टिकट नपाए आफु स्वतन्त्रवाट भएपनि चुनाव जसरी पनि लड्ने घोषणा गरेका थिए । त्यहिबिचमा उनि , एमालेबाट पनि चुनाव लड्न सक्ने चर्चा चलेको थियो ।

आइतबार दिउँसो वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्र्यालयमा पुगेर मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिदै शुरु मै द्विवेलीले भने ,‘ मेरो उम्मेदवारी विभेदको खिलाफ विद्रोह हो, अन्यायको खिलाफ विद्रोह हो ।

उनले अहिले दलहरु बिच गरिएको गठबन्धनलाइ ठगबन्धनको संज्ञा पनि दिए । गठबन्धनको जालोमा परेर पार्टीले आफुलाइ टिकट नदिएपनि आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहनना अनुसार उम्मेदवारी दिएको उनले बताए ।

द्विवेदीले भने ,‘ मैले स्वतन्त्र उम्मेदवारी दिएपनि मेरा क्षेत्रका आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताहरुले मलाइ विजयी गराउछन् भन्नेमा म विश्वस्त छु ।

सत्तागठबन्धन र लोसपा बिच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ । लोसपाबाट यो क्षेत्रमा नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी २०६४को पहिलो संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि वीरगन्ज महानगरको मेयरमा पराजित भएका थिए ।

Related posts

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

ठाेरीका क्यान्सर पिडित तमाङका लागि ५ दिनमै साढे ११ लाख रुपैयाँ सहयोग संकलन

MadhesKhabar

वीरगन्जलाई चिनाउने चिया, नास्ता पसलेहरु राष्ट्रियस्तरको युवा सम्मेलनमा सम्मानित

MadhesKhabar

Leave a Comment