Madhes Khabar
राजनीति

बजेट पारित भएपछि सिके राउतले भने : यो संसद नभएर नाटकघर हो

काठमाडौं, १३असार : जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सांसदहरुले एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै अरु मधेस केन्द्रित दलको आलोचना गरेका छन् ।

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गरे ।

‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो’ राउतले फेसबकुमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘‘तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’

राउतले भने आफ्नो पार्टीले बजेटको विपक्षमा मतदान गरेको बताए । आफूहरुले सिद्धान्तको राजनीति गरेको भन्दै उनले लेखेका छन्, ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ ।’ । साभार : अनलाइनखबर

Related posts

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

MadhesKhabar

रास्वपाले सांसद खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

MadhesKhabar

रास्वपा पर्साको क्षेत्र नम्बर १ र २ को सभापतिमा आर्य र मियाँ सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment