Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनका लागि महानगरले थाल्यो काम

वीरगन्ज,४असोजःवीरगन्ज महानगरपालिकाले ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षीत र स्वच्छ खानेपानी पु¥याउने भएको छ ।त्यसका लागि महाानगरपालिकाले गुरुयोजना तयार पारेर लागू गर्ने तयारीपनि भइरहेको जनाएको छ ।

वीरगन्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका सबै ३२ वटा वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याउन लागिएको मेयर राजेशमान सिंहले बताए।

शुक्रबार मेयर सिंहकै कार्यकक्षमा बसेको बैठकमा मेयर सिंहले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको बताए।सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उनले सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय भएको पनि जानकारी गराए।

बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णयपनि भएको छ ।

मेयर सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उपमेयर इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रिदीप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्रबावु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतकोपपनि सहभागिता रहेको थियो ।

 

Related posts

न्यायधिश शर्माले वीरगन्ज महानगरको न्यायिक समितिमा गरे निरिक्षण

MadhesKhabar

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

MadhesKhabar

बाराको रिलायन्स चिनी मिलले चर्को ढुवानी भाडा लिएर ठगेको पर्साका किसानहरुको आरोप

MadhesKhabar

Leave a Comment