Madhes Khabar
स्थानिय

न्यायधिश शर्माले वीरगन्ज महानगरको न्यायिक समितिमा गरे निरिक्षण

वीरगन्ज, ११ असार : पर्सा जिल्ला अदालतका न्यायधिश रामप्रसाद शर्माले सोमबार वीरगन्ज महानगरपालिकाको न्यायिक समितिको निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा न्यायधिश शर्माले न्यायिक समितिले गरेका कामको जानकारी लिए । उनले न्यायिक समितिले फैसला गरेको मुद्धाको पुनरावेदनमा पठाएको मुद्दा आफुले हेर्ने मौका पाएको बताउदै धेरै मुद्धा सदरपनि गरेको बताए । शर्माले न्यायिक समितिले सम्पादन गर्दै आएका कामबारे वीरगन्जका मेयर राजेशमान सिंह र न्यायिक समितिका संयोजक समेत रहेका उपमेयर इम्तियाज आलमसंग जानकारी लिएका थिए ।

त्यसअघि निरिक्षणका लागि महानगरमा पुगेका न्यायधीश शर्मालाई न्यायिक समितिका संयोजक समेत रहेका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले खादा र दोशल्ला ओढाई फुलको गुच्छा प्रदान गर्दै स्वागतपनि गरेका थिए ।
त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्जको श्रीदुर्गा ट्रान्सपोर्टमा सशस्त्र प्रहरीको छापा,करिब ७० लाखको कपडा,काजु बरामद

MadhesKhabar

वीरगन्जमा सेनाको विशेष ‘सर्च’ अभियान, द्वन्द्व फैलाउन खोज्ने ३ जना बमसहित पक्राउ

MadhesKhabar

पर्सामा चुनावका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र तर्फ प्रस्थान

MadhesKhabar

Leave a Comment