Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

दशैंका बेला पनि बुधबार सुनसान देखिएका वीरगन्जका पसलहरु

मधेसखबर
वीरगन्ज,१५असोज : वीरगन्जको घण्टघर छेउको हङकङ बजारका कपडा पसले हरिओम कुशवाहा भन्छन्,‘ दशैं लागि सक्यो तर दिनको ५ हजारको पनि व्यपार छैन , दशैंमा यसपाली बजारमा रौनक नै छैन ।

कुशवाहाकैै छेउको जुत्ताचप्पल पसलका सन्चालक विनायक गुप्ता पनि यसपाली बजारमा दशैंको किनमेल गर्ने ग्राहकको भिडभाड खासै नभएको बताउछन् । गुप्ता भन्छन्,‘ केहि वर्ष यता देखि चाडबाडका बेला वीरगन्जको बजारको रौनक हराएको छ , जे सुकै किन्न होेस् सस्तो पाइन्छ भनेर रक्सौल नै जाने बानी परिसकेको छ वीरगन्जवासीलाइ ।

दशैंका बेला पनि बुधबार सुनसान देखिएका वीरगन्जका पसलहरु

वीरगन्जको बजारमा दशैंका लागि किनमेल गर्नेहरु चहलपहल उत्ति सारो नभएका कारण वीरगन्जका पसलेहरु निराश छन् ।तर वीरगन्ज छेउकै सीमावर्ती भारतीय बजार रक्सौल भने दशैंको किनमेल गर्ने नेपालकै ग्राहकका कारण गुल्जार देखिन्छ ।बुधबार दिउँसो रक्सौल बजारमा पुग्दा प्राय हरेक पसलमा गाहकको भिडभाड देखियो । ती मध्ये अधिकांश नेपालकै थिए ।

रक्सौलको चर्चित कपडा पसल अमरदीप साडी सेन्टरका सेल्स म्यान दिपक साहले दशैं शुरु भए लगत्तै व्यपार बढेको बताए । उनले भने ,‘ अहिले हाम्रा ग्राहक भनेका अधिकांश नेपालका हुन् , वीरगन्ज भन्दा पनि सिमरा , हेटौडा र नारायणगढका ग्राहक बढि आइरहेका छन् ।

 

दशैंका बेला भारत रक्सौलका पसलमा बुधबार देखिएको ग्राहकको चहल पहल

दशैंका बेला सबै भन्दा बढि साडी , लेहङगा र कुर्था सुट बढि बिक्री भइरहेको उनले बताए । साहले भने ,‘ पोहोर र परार कोरोनाका कारण दशैं तिहारको व्यपार निक्कै खस्किएको थियो तर यसपाली व्यपार राम्रो छ ।रक्सौलकै बैंकरोडमा रहेको अग्रवाल मार्टका काउण्टर इन्चार्ज अभिषेकले पनि दशैंमा व्यपार बढेको बताए । उनले भने ,‘ अरु बेला पनि हाम्रा बढि जसो ग्राहक नेपालकै हुन्छन् , अहिले दशैंका बेला झन नेपालबाट किनमेल गर्न आउनेहरुको संख्या बढेको छ ।

 

दशैंका बेला भारत रक्सौलका पसलमा बुधबार देखिएको ग्राहकको चहल पहल

वीरगन्जको महावीरस्थान स्थित जेनरल स्टोर्सका सन्चालक गोपाल केडिया देशभरनै आर्थिक मन्दि चलिरहेका बेला दशैंमा बजारमा खासै चहलपहल नभएको बताउछन् । त्यसमा पपनि रक्सौलमा सामान सस्तो पाइन्छ भन्ने मानसिकता भएका कारण दशैंको किनमेल गर्न अधिकांश मानिस अहिले दशैंको किनमेल गर्न रक्सौल नै धाउने गरेको उनी बताउछन् । वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका केडिया भन्छन्,‘ आर्थिकमन्दीले व्यपारी समस्यामा छन् , त्यसमा पनि चाडबाडका बेला पनि यहा व्यपार नहुदा व्यपारी झन संकटमा परेका छन् ।

Related posts

निर्वाचन र होलि लक्षित सुरक्षा रणनितिः मधेशका जिल्लामा उच्च सतर्कता अपनाउन गृहमन्त्रि अर्यालको निर्देशन

MadhesKhabar

हिन्दु धर्म संरक्षणका लागि वीरगन्जमा युवाहरुले सामुहिक रुपमा गरे हनुमान चालीसाकाे पाठ

MadhesKhabar

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

Leave a Comment