Madhes Khabar
स्थानिय हेडलाइन

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

मधेसखबर
वीरगन्ज ,०५ असोज : पर्साको दोश्रो सदरमुकामका रुपमा परिचित पोखरिया बजारमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर ,टहरा लगायतका संरचना नगरपालिकाले हटाउन शुरु गरेको छ ।

पोखरिया नगरपालिकाले पोखरिया बजारमा सार्वजनिक जग्गा ,सडक र नाला अतिक्रमण गरि बनाइएका संचरनाहरु बुधबार देखि जेसीबी (डोजर)को मदतमा भत्काएर हटाउन शुरु गरेको हो ।

गत आइतबार पोखरीया नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर,टहरा लगायतका संरचना तीन दिन भित्र अर्थात मङगलबार सम्म हटाउन सम्बन्धित व्याक्तीहरुलाइ निर्देशन दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले जारी गरेको उक्त सुचनामा यदि मङगलबार सम्म ती संरचना नहटाइए नेपालको कानुन अनुसार नगरपालिका आफैले भत्काएर हटाउने चेतावनी पनि पोखरीया नगरपालिकाले दिएको थियो ।

तर सुचना जारी भएको तीन दिन सम्म अर्थात मङगलबार सम्म ती संरचनाहरु नहटाइएपछि बुधबार देखिख नगरपालिका आफैले जेसीबीकको मदतले पोखरिया बजारमा अवधै संंरचनाहरु भत्काउन थालेको हो ।

पोखरिया नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानुको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीले जेसीबी लगाएर अतिक्रमण गरि बनाइएका फुसका छाप्रा , टहरा , घुम्ती पसल , साइनबोर्डहरु भत्काएर हटाएको स्थानीय सन्चारकर्मी शैलेस साहले जानकारी दिए । यो अभियान निरन्तर जारी रहने वडा अध्यक्ष कानुले बताए ।

Related posts

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

MadhesKhabar

वीरगन्जको मनियारीस्थित खेतबाट ९ हजार पिस लागु औषध बरामद

MadhesKhabar

सिके राउतकाे शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयाे पुत्ला

MadhesKhabar

Leave a Comment