Madhes Khabar
स्थानिय हेडलाइन

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

मधेसखबर
वीरगन्ज ,०५ असोज : पर्साको दोश्रो सदरमुकामका रुपमा परिचित पोखरिया बजारमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर ,टहरा लगायतका संरचना नगरपालिकाले हटाउन शुरु गरेको छ ।

पोखरिया नगरपालिकाले पोखरिया बजारमा सार्वजनिक जग्गा ,सडक र नाला अतिक्रमण गरि बनाइएका संचरनाहरु बुधबार देखि जेसीबी (डोजर)को मदतमा भत्काएर हटाउन शुरु गरेको हो ।

गत आइतबार पोखरीया नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर,टहरा लगायतका संरचना तीन दिन भित्र अर्थात मङगलबार सम्म हटाउन सम्बन्धित व्याक्तीहरुलाइ निर्देशन दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले जारी गरेको उक्त सुचनामा यदि मङगलबार सम्म ती संरचना नहटाइए नेपालको कानुन अनुसार नगरपालिका आफैले भत्काएर हटाउने चेतावनी पनि पोखरीया नगरपालिकाले दिएको थियो ।

तर सुचना जारी भएको तीन दिन सम्म अर्थात मङगलबार सम्म ती संरचनाहरु नहटाइएपछि बुधबार देखिख नगरपालिका आफैले जेसीबीकको मदतले पोखरिया बजारमा अवधै संंरचनाहरु भत्काउन थालेको हो ।

पोखरिया नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानुको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीले जेसीबी लगाएर अतिक्रमण गरि बनाइएका फुसका छाप्रा , टहरा , घुम्ती पसल , साइनबोर्डहरु भत्काएर हटाएको स्थानीय सन्चारकर्मी शैलेस साहले जानकारी दिए । यो अभियान निरन्तर जारी रहने वडा अध्यक्ष कानुले बताए ।

Related posts

पकाहाका विधार्थीको समस्या एक हप्ता भित्र समाधान नभए आन्दोलन गर्ने एमालेको चेतावनी

MadhesKhabar

बारा मालपाेत कार्यालयका दुई खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

घडीअर्वा छठघाट सजावटको काम तिब्र, शुक्रबार रक्तदान कार्यक्रम

MadhesKhabar

Leave a Comment