Madhes Khabar
राजनीति

लोसपाका सबै शीर्ष नेताहरु पर्साबाट उम्मेदवार सिफारिस

माधुरी महतो
वीरगन्ज, २३ भदौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साले पार्टी राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर सहित शीर्ष नेताहरुको नाम आगामी निर्वाचनका लागि उम्मेदवारमा सिफारिस गरेको छ ।

लोसपाका जिल्ला उपाध्यक्ष राजेश कुमार साहको अध्यक्षतामा बिहीबार वीरगन्जमा बसेको बैठकले आगामी निर्वाचनका लागि संघ र प्रदेशसभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । लोसपा पर्साको सिफारिसमा राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर , वरिष्ठ नेता राजेन्द्र महत्तो , नेताहरु शरतसिंह भण्डारी र अनिल झा पनि परेका छन् ।

पर्सा क्षेत्र नम्बर १ को संघीय सांसदको प्रत्यक्ष उम्मेदवारमा अनिल कुमार झा र मुन्नी श्रीवास्तव गरि दुइ जनाको नाम लोसपा पर्साले सिफारिस गरेको छ । यस्तै पर्सा क्षेत्र नम्बर २ को संघीय सांसदको उम्मेदवारमा प्रत्यक्ष तर्फ नै शरतसिंह भण्डारी र नविन प्रकाश झा , क्षेत्र नम्बर ३ को संघीय सांसदमा प्रत्यक्ष तर्फ राजेन्द्र महत्तोको एकल नाम लोसपा पर्साले सिफारिस गरेको छ ।

यसैगरि पर्सा क्षेत्र नम्बर ४ को संघीय सांसदमा प्रत्यक्ष तर्फ नै महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण गरि दुइ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा सदस्यको उम्मेदवार तर्फ प्रत्यक्षमा पर्सा क्षेत्र नम्बर १ को (क) मा विक्रम पटेल , १ को (ख)मा ओमप्रकाश सर्राफ , क्षेत्र नम्बर २ को (क) मा राजेश कुमार साह र २ कै (ख) मा लालबाबु कुर्मी र मनोज साहको नाम लोसपाले जिल्लाबाट सिफारिस गरेको छ ।

यसैगरि क्षेत्र नम्बर ३ को (क) मा देवानन्द यादव र शीवपुजन साह , ३ कै (ख) मा श्रीरामजी गिरि तथा क्षेत्र नम्बर ४ को (क) मा हाकिम मियाँ र ४ कै (ख) मा माओ कुशवाहाको नाम सिफिारिस गरिएको लोसपा जिल्ला उपाध्यक्ष साहले जानकारी दिए ।

Related posts

पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी पनि एमालेबाट सांसदमा सिफारिस

MadhesKhabar

वीरगन्ज आएर पूर्वप्रधानमन्त्री नेपालले भने : गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ

MadhesKhabar

राष्ट्रियसभाको उपाध्यक्ष पदबाट उर्मिला अर्यालले दिइन् राजीनामा

MadhesKhabar

Leave a Comment