Madhes Khabar
राजनीति

नेपाललाई हेप्ने चिनियाँ राजदूतलाई सरकारले तत्काल फिर्ता पठाउनु पर्छ : साेनल

फाइल फाेटाे

वीरगन्ज ,२२भदाैं: लाेकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले नेपालकाे आन्तरिक मामिलामा चिनियाँ राजदुतकाे अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित रहेकाे बताएका छन् ।

नेपाल र भारतबिचकाे सम्बन्ध प्रति चिनियाँ राजदूतले दिएकाे अभिव्यक्ति नेपालप्रतिकाे हेपाहा प्रवृत्ति भएकाे साेनलले बताए । कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिने चिनियाँ राजदूतसंग सरकारले स्पष्टीकरण साेधेर नसिहत दिनुपर्ने उनले बताए ।

मधेस प्रदेशका पुर्वमन्त्रीसमेत रहेका साेनलले भने,`कहिले एमसिसि, कहिले उर्जा त कहिले नेपाल भारतबिचकाे सांस्कृतिक सम्बन्ध बारेमा अनावश्यक टिप्पणी गर्ने चिनियाँ राजदुतले नेपालप्रति हेपाहा प्रवृत्ति राख्दै आएका छन् ।

उनले चिनियाँ राजदुतलाई चीन सरकारसंग समन्वय गरी तत्काल फिर्ता पठाउनुपर्ने मागपनि गरे ।

Related posts

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

MadhesKhabar

सरकारसँग निर्वाचन आयोगले माग्यो विद्युतीय मतदान मेशिन

MadhesKhabar

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

MadhesKhabar

Leave a Comment