
वीरगन्ज ,२२भदाैं: लाेकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले नेपालकाे आन्तरिक मामिलामा चिनियाँ राजदुतकाे अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित रहेकाे बताएका छन् ।
नेपाल र भारतबिचकाे सम्बन्ध प्रति चिनियाँ राजदूतले दिएकाे अभिव्यक्ति नेपालप्रतिकाे हेपाहा प्रवृत्ति भएकाे साेनलले बताए । कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिने चिनियाँ राजदूतसंग सरकारले स्पष्टीकरण साेधेर नसिहत दिनुपर्ने उनले बताए ।
मधेस प्रदेशका पुर्वमन्त्रीसमेत रहेका साेनलले भने,`कहिले एमसिसि, कहिले उर्जा त कहिले नेपाल भारतबिचकाे सांस्कृतिक सम्बन्ध बारेमा अनावश्यक टिप्पणी गर्ने चिनियाँ राजदुतले नेपालप्रति हेपाहा प्रवृत्ति राख्दै आएका छन् ।
उनले चिनियाँ राजदुतलाई चीन सरकारसंग समन्वय गरी तत्काल फिर्ता पठाउनुपर्ने मागपनि गरे ।

