Madhes Khabar
खेलकुद

भारत माथि पाकिस्तानकाे राेमान्चक जित

एजेन्सी –  मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक र जित हात पारेको छ । योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेले ।
पाकिस्तानलाई अन्तिम १२ बलमा २६ रन जितको लागि चाहिँएको थियो । १९ औं ओभरमा भुवनेश्वर कुमारले एक छक्का र दुई चौकासहित कुल १९ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो । अर्शदीपसिंहले १८ औं ओभरको तेस्रो बलमा आसिफ अलीको सहज क्यान शून्यमा छाडेका थिए । जुन ठूलो भारी पर्यो । आसिफ अली ८ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।
अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका हान्दै पाकिस्तानलाई जित नजिक पुर्याए । तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिँएको थियो । चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए । पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन बटुल्दै जित पक्का गराए । खुशदील शाह ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे ।
त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए ।
समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतले अव मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

Related posts

इंग्ल्याण्डविरुद्ध भारतको लगातार दाेस्राे जित,राेहित शर्माकाे सानदार शतक

MadhesKhabar

पिएम कप क्रिकेटको तयारीमा वीरगन्जः रातभर चल्दैछ मैदान मर्मतको काम, मेयर सिंह आफैं खटिए

MadhesKhabar

नेपालको आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री कार्की

MadhesKhabar

Leave a Comment