Madhes Khabar
समाचार हेडलाइन

बारामा उधोग लुट्न आएका डाँका र प्रहरी बिच गोली हानाहान , एक प्रहरी सहित दुइ घाइते

घाइते बरिष्ठ प्रहरी नायब निरिक्षक कमल बहादुर शाहीको अस्पतालमा उपचार गरिदै

मधेसखबर
वीरगन्ज ,१९ भदौं : बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समुह र प्रहरी बिच भिडन्त हुदा एक प्रहरी सहित दुइ जना घाइते भएका छन् ।

जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबार मध्यरातमा लुटपाट गर्न आएका डाँका समुह र प्रहरी बिच झडप भइ गोली हानाहान समेत भएको हो ।भिडन्तमा डाँका समुहले गरेको रड प्रहारबाट ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक कमल बहादुर शाही घाइते भएका हुन् । उनको टाउकोमा गम्भिर चोट लागेकाले उनको बीरगन्ज स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको आईसियुमा उपचार भईरहेको छ ।

 

उद्योगमा लुटपाट भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा प्रहरी माथि नै रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।प्रहरी माथि डाँका समुहले रड प्रहार गर्नुका साथै एक राउण्ड गोली चलाएपछि प्रहरीले ३ राउण्ड गोलि चलाएको बोगटीले जानकारी दिए ।

डकैतिमा संलग्न दुइ जना व्याक्तिलाइ पक्राउ गरि उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल , एक थान भरुवा बन्दुक र तीन राउण्ड गोली बरामद गरिएको बोगटीीले बताए ।पक्राउ परेका दुइ जना डाँका मध्ये एक जना घाइते रहेको र उनको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको बोगटीले जानकारी दिए ।

 

बोगटीका अनुसार , शनिबार राति ११ बजे तिर १२÷१५ जनाको संख्यामा डाँकाहरु लुटपाट गर्न उद्योगमा पसेका थिए । त्यो खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट बरिष्ठ प्रहरी नायव निरिक्षक शाहीको नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँका समुह बीच भिडन्त भएको हो ।घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

Related posts

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

MadhesKhabar

आयल निगमले भन्यो : भारतबाट ग्यास आपूर्तिमा समस्या छैन, अनावश्यक भण्डारण नगर्नू

MadhesKhabar

मधेसलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्छु : नवनियुक्त कृषिमन्त्री पटेल

MadhesKhabar

Leave a Comment