
मधेसखबर
वीरगन्ज, ११ भदौं : पर्सामा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य सहितका नेताहरु पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
काँग्रेसको क्षेत्रीय सदस्य एंव वीरगन्ज महानगरपालिका वडा नम्बर २० का नेपाल तरुण दलका इकाइ अध्यक्ष समेत रहेका राजेन्द्र ठाकुर जसपामा प्रवेश गरेका हुन् । उनीसंगै त्यस वडाका काँग्रेस कृयाशील सदस्यहरु सुरेश कुमार कुर्मी , उमेश पटेल सहितका अन्य नेताहरु पनि जसपामा प्रवेश गरेका छन् ।
वडा नम्बर २० मा शनिबार जसपाको वडा इकाइ समितिले आयोजना गरेको कार्यक्रममा संघीय सरकारका वन तथा वातावरण मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले नवप्रवेशीहरुलाइ खादा ओढाएर पार्टीमा स्वागत गरे । त्यस अवसरमा प्रदेशसभा सदस्य जन्नत अन्सारीको पनि उपस्थिती रहेको थियो ।

