Madhes Khabar
राजनीति

वीरगन्ज–१७ मा कांग्रेस कार्यालयको चौरसियाले गरे उदघाटन,गगन थापालाई वीरगन्ज ल्याउने तयारी

वीरगन्ज,२१माघःपर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।बुधबार कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्वमन्त्री चौरसियाले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै चौरसियाले चुनावी प्रचार अभियानकै क्रममा नेपाली कांग्रेसका सभापति गगन थापालाई वीरगन्ज ल्याउने तयारी भइरहेको जानकारी गराए। उनले अलौं गाउँकै कारण २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गरेको स्मरण गर्दै देश निर्माणमा कांग्रेसको योगदानको चर्चा पनि गरे।

चौरसियाले प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा विकास निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको बताए। कांग्रेसको जितबाट मात्रै देशले निकास पाउने र विकासको बाटो खुल्ने उनको भनाइ थियो।

उनले गगन थापाको नेतृत्वमा सरकार बनेपछि आँफु यसअघि सांसद हुँदा विनियोजन गरिएको तर हालसम्म फुकुवा नभएको बजेट फुकुवा गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, जमिनदारी प्रथाको अन्त्य नेपाली कांग्रेसले नै गरेको उल्लेख गर्दै उनले अब यस क्षेत्रमा चार लेनको सडक आवश्यक रहेको र वृद्ध आश्रम निर्माण गर्ने वाचा समेत गरे।

लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन कांग्रेसको जित अपरिहार्य रहेको बताउँदै उनले नयाँ पार्टी र नयाँ नेतृत्वसँग जनताले “तपाईंहरूको पार्टीको उद्देश्य के हो, योगदान के हो र किन हामीले मतदान गर्ने ?” भन्ने प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामरूप कुर्मी, प्रदेशका पुर्वमन्त्री ओमप्रकाश शर्मा, जिल्ला उपसभापति अशोक गुप्ता, महानगरसभापति मणिन्द्रलाल नेपाली, रोशन लामिछाने, हरिनारायण यादव, सञ्जय गुप्ता लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Related posts

मधेस प्रदेशमा मुख्यमन्त्री कांग्रेस नेता कृष्ण यादवलाई बनाउने ७ दलबीच सहमति

MadhesKhabar

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

MadhesKhabar

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

MadhesKhabar

Leave a Comment