Madhes Khabar
राष्ट्रिय

निहारीका प्रकरण: आरोपित श्रेष्ठ पक्राउ

फाइल फोटो

मधेसखबर

वीरगन्ज,३१ साउन : निहारिका राजपुत माथि बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा र उपत्यका अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।

धनुषाकी निहारिकाले आफूमाथि बलात्कार भएको र बलात्कारपछि बच्चा जन्मिएको बताउँदै दोषी माथि कारबाहीको माग गर्दै अनसन बसिरहेकी छन्।

निहारिकाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै डीएनए परीक्षणको माग पनि गरेकी छन्।

निहारिकाले केही दिनअघि मात्रै राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। शरीरमा पेट्रोल खन्याएर आगो लगाउन लागेको बेला प्रहरीले उनलाई बचाएको थियो।

Related posts

पर्साको पकाहामैनपुर गाँउपालिकामा काँग्रेसको सान्दार जित

MadhesKhabar

माओवादी जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय सर्वाेच्च अदालतद्वारा बदर

MadhesKhabar

महिलाले अधिकार नपाएसम्म देशको विकास हुन सक्दैन: मन्त्री यादव

MadhesKhabar

Leave a Comment