Madhes Khabar
समाचार

ठोरीको शिकारीवासमा जंगली हात्तीको उपद्रो , १० कठ्ठा धानबाली नष्ट

मधेसखबर
वीरगन्ज , २१ साउन : पर्साको ठोरी गाउँपालिका वडा नंबर ३ मा पर्ने शिकारीवासमा फेरि जंगली हात्तीले उपद्रो मच्चाएको छ ।

जंगलको बिच रहेको शिकारीवासमा शुक्रबार राति जंगली हात्तीले उपद्रो मच्चाउदै खेतमा रोपिएको धान खेतीमा क्षति पुरयाएको छ ।चितवन राष्ट्रिय निकुञ्ज जंगलबाट आएको हात्तीको बथानले स्थानीय कृषक अशोक चौधरीको १० कठ्ठामा रोपिएको धानबाली खाएर तथा कुल्चेर नष्ट गरि दिएको हो । चौधरीले आफु शनिबार बिहान खेतमा घुम्न जाँदा हात्तिले धानबाली नष्ट पारेको थाहा पाएको बताए ।

दुई दिन देखि लगातार चितवन राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले त्यहा किसानको धानखेतमा उपद्रो मच्चाउदै आएका छन् ।

Related posts

बारामा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ

MadhesKhabar

प्रहरीसंगको झडपमा १५ शिक्षक घाइते, भोलिदेखि आन्दोलन थप चर्काउने महासंघको चेतावनी

MadhesKhabar

वीरगन्जमा मदनकाे माँ दुर्गा राेड क्यारियर्समा सशस्त्र प्रहरीकाे छापा, २० लाखकाे सामान बरामद

MadhesKhabar

Leave a Comment