Madhes Khabar
समाचार

बारामा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ

बारा,१८असारः बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।कलैया उपमहानगरपालिका–१० मटिअर्वा गाउँका ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्।

खातुनको टनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। श्रीमतिको हत्या गर्ने बच्चालाई फत्राउ गरिसकिएको र उनलाई प्र्हरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको पण्डितले बताए ।

 

Related posts

काठमाडौंबाट भैरहवा उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण

MadhesKhabar

पर्साको विश्रामपुरबाट ६ पोका गाँजा बरामद

MadhesKhabar

बारामा ठूलो परिमाणमा सालको काठसहित एक तस्कर पक्राउ

MadhesKhabar

Leave a Comment