Madhes Khabar
रोचक दुनियाँ

देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि उत्तम समय मंसिर ४ गते

मधेसखबर
वीरगन्ज,१७साउन : प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघ र प्रदेश निर्वाचनका लागि आगामी मंसिर ४ गतेको मिति उपयुक्त हुने सुझाव दिएका छन् ।मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त रहेको रिजालले बताएकाम छन् ।

 

‘मंसिर १० शुक्लपक्षको समय छ , त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन, तैपनि मंसिरको पहिलो साता उपयुक्त छ , त्यसमा पनि मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’
मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् ।

 

पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।
‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।

 

असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । त्यही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार पाण्डेले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफल अघि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफल गरिसकेका थिए । त्यस क्रममा निर्वाचनको साइतको विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।

सरकारले सोमबार नै निर्वाचनको मिति तोक्ने अपेक्षा गरिएको थियो । तर, सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
प्रधानमन्त्री देउवाले विगतमा पनि महत्वपूर्ण निर्णय रिजाललाई शुभ साइत हेराएर लिने गरेका छन् । २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने बताएको उल्लेख गरेका थिए ।

देउवाले प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्रीको निवासमा सर्ने तथा विश्वासको मत लिने दिन र समय पनि ज्योतिषी रिजालले साइत हेरेर तय गरेका थिए । २०७८ को असार २९ मा शपथ लिन रिजालले अपरान्ह ३ : ३७ देखि ५ः१७ को समय उत्तम रहेको सुझाव दिएका थिए ।ज्योतिषी तथा वास्तुविद् रिजाल यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन् ।

Related posts

सिम्रौनगढमा अनौठौ चुनावी नारा – उपमेयर जिते ५ वर्ष निशुल्क सैलुन सेवा उपलब्ध गराउछु

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

मतदाताका घर घरमा मासुको पोका वितरण

MadhesKhabar

Leave a Comment