
माधुरी महत्तो
वीरगन्ज , १३ बैशाख : नेपाली काँग्रेसले बाराको फेटा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका रुस्तम अन्सारीले विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका छन् ।
आफुलाइ गाँउपालिका अध्यक्षको टिकट दिएपनि आफुले भनेकाहरुलाइ काँग्रेसले वडा अध्यक्षको टिकट नदिएको भन्दै रुस्तमले काँग्रेस परित्याग गरि विवेकशील साझा पार्टीबाट पालिका अध्यक्षमा सोमबार मनोनयन दर्ता गराएका हुन् ।
काँग्रेसले आफुलाइ मात्र टिकट दिएको तर आफनो पक्षकाहरुलाइ वडा अध्यक्षको उम्मेदवार बनाएकाले आफुले काँग्रेस परित्याग गरि विवेकशील साझा पार्टीबाट प्यानल सहित उम्मेदवारी दर्ता गराएको रुस्तमले बताए ।
विवेकीशल साँझा पार्टीबाट मनोनयन दर्ता गराएपछि रुस्तमले भने ,‘ म तीन दशक देखि काँग्रेसमा थिए , काँग्रेसले पालिका अध्यक्षमा मलाइ टिकट दिएकै हो, वडा अध्यक्षमा पनि मेरो टिमका साथीहरुलाइ नै टिकट दिने आश्वासन पनि दिएको थियो तर अन्तिम समयमा आएर काँग्रेसले वडा अध्यक्षको टिकट योग्यर सक्ष्मलाइ नदिइ पैसामा बेच्यो , त्यहि भएर मैले काँग्रेस छोडे ।
उनले विवेकशील साझा पार्टीबाट गाँउपालिका अध्यक्ष , उपाध्यक्ष , ७ वटै वडा अध्यक्ष र सदस्य गरि सबै पदमा उम्मेदवारी दिएको बताए ।
गत स्थानियि तहको निर्वाचनमा काँग्रेसबाटै गाउँपालिका अध्यक्षमा चुनाव लडेका रुस्तम झिनो मतले पराजित भएका थिए ।
पालिका अध्यक्षमा रुस्तमसंगै विवेकशील साझा पार्टीबाट उपाध्यक्षमा निलम साह, वडा नम्बर १ को वडा अध्यक्षमा संतोष साह , २ को वडा अध्यक्षमा जयकिसुन मुखिया, ३ को वडा अध्यक्षमा प्रहलाद साह, ४ को वडा अध्यक्षमा भगवान साह मुखिया, ५ को वडा अध्यक्षमा अजय साह, ६ को वडा अध्यक्षमा अमिरहमजा ठकुराई र ७ को वडा अध्यक्षमा महमद हुसेन अन्सारीले उम्मेदवारी दिएका छन् ।

