मधेसखबर
वीरगन्ज,०२साउन: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताएका छन् ।
जनकपुरमा सोमबार आयोजित एमालेको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा पाण्डेले ठूलो नेकपा एसको हिस्सा एमालेमा फर्किएपछि माधव कुमार नेपाल पनि एमाले बाहेक अन्यत्र जाने ठाउँ नहुने बताए ।
‘माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ’ उनले भने, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’
उपाध्यक्ष पाण्डेले अघि भने, ‘तर हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हु

