Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा जलाउदै गरेकाे महिलाकाे शव प्रहरी नियन्त्रणमा

सांकेतिक फोटो

सर्लाही,२७जेष्ठ :सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो ।

कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

५० वर्षीय श्रीमान राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

सोमबार घरायसी झगडामा श्रीमान राजारामले आफ्नै श्रीमति इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएकी इन्द्रकलालाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार वीरगन्जबाट फिर्ता ल्याई घरमा राखेपछि बुधबार अवस्था झन खराब भएपछि छोरीले नै जनकपुर अस्पतलामा पुर्‍याएकी थिइन् । शनिबार बिहान भने इन्द्रकलाको मृत्यु भएको हो ।

इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले लखन्देही खोलामा दाहसंस्कार गर्न थालेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिइ अनुसन्धान गर्न थालेको हो । कुटपिटबाट मृत्यु भएको घटनामा कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गर्ने ६ जना मलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटना भएकै दिनदेखि मृतकका श्रीमान राजाराम फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।साभार:इकान्तिपुर

Related posts

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

MadhesKhabar

मलंगवा अझै भएन शान्त, आज मात्रै ३२ राउण्ड अश्रुग्यास प्रहार

MadhesKhabar

लालबाबु मुख्यमन्त्री हुदाँ ६५ लाखमा खरिद गरिएको सफ्टवेयर मुख्यमन्त्री कार्यालयबाटै गायब

MadhesKhabar

Leave a Comment