Madhes Khabar
मधेस प्रदेश

पेस्तोल र गोलीसहित दुई भारतीय युवक पक्राउ

सिरहा,११बैशाखःसिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नरगी चोकबाट भारतको बिहार राज्यको मधुवनी जिल्लाको पिपराही ग्रामपञ्चायत–२ कमलपुरका १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंह पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका उनीहरूलाई नरगी चोकमा शंका लागेर चेकजाँच गर्दा प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान पेस्तोल र ट्र्याकसूटमा लुकाइएको एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

उनले भने, ’उनीहरू हतियारसहित किन आएका थिए, उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।’

Related posts

इजरायलमा मारिएका धनुषाका साहकाे परिवारलाई मधेस सरकारले ५ लाख दिने

MadhesKhabar

जनकपुरमा प्रहरी हिरासत कक्षबाटै ९ जना थुनुवा फरार

MadhesKhabar

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक पाए विश्वासको मत

MadhesKhabar

Leave a Comment