Madhes Khabar
मधेस प्रदेश

धनुषामा गाेली हानेर वडाध्यक्षकाे हत्या,गाेली हान्ने प्रहरी जवान पक्राउ

जनकपुरधाम,२८कात्तिक:धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवकाे गोली प्रहार गरी हत्या गरिएकाे छ ।

मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाध्यक्ष यादवमाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । दुईपक्षबीच विवाद हुँदा वडाध्यक्ष यादवमाथि प्रहरीले नै गोली चलाएको खुलेको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

१३औं दिनको तिथिमा सहभागी हुन गएका वडाअध्यक्ष यादवमाथि स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो ।

विवाद उग्र हुँदै जाँदा धर्मराज यादवका आफन्त पर्ने शम्भु यादवले वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्ने शम्भु यादव प्रहरीमै कार्यरत जवान रहेको खुलेको छ । गोली प्रहार गरेर घटनास्थलबाट फरार भएका प्रहरी जवान यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाकै एक प्रहरी चौकीमा कार्यरत रहेका उनी बिदामा घर आएका थिए । बिदामा घर आउँदा उनले प्रहरीकै हतियार बोकेर आएको हुनसक्ने आशंका गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक गणेश बमले भने,‘घटनामा ३/४ जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ ।

घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ ।साभार:अनलाइनखबर

Related posts

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिराहाका ठाकुर नियुक्त

MadhesKhabar

Leave a Comment