Madhes Khabar
मधेस प्रदेश हेडलाइन

देउवालाई मधेसका काँग्रेस जिल्ला सभापतिहरूको चेतावनी: उम्मेदवार छनाैटमा ध्यान दिइयाेस्, अन्यथा…

मधेसखबर
वीरगन्ज ,१९ असाेज : मधेस प्रदेशका नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर गठबन्धन दल बिच भईरहेकाे सिट बाँडफाँड र उम्मेदवार सिफारिस प्रति आपत्ति जनाएका छन् ।

मधेस प्रदेशका बारा सहित ६ जिल्लाका काँग्रेस जिल्ला सभापतिहरुले बुधबार पार्टी सभापति देउवालाई भेटेर मधेस प्रदेशमा गरिएको सिट बाँडफाँड र उम्मेदवार सिफारिस बारे लिखित रुपमै ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका हुन् ।

बाराका सभापति राजेश राय यादव,राैतहटका सभापति सुनिल कुमार यादव,सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, महाेतरीका सभापति नागेश्वर यादव,सप्तरीका सभापति रामदेव साह र सिरहाका सभापति रामचन्द्र यादवले देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

मधेसका काँग्रेस जिल्ला सभापतिहरूले गठबन्धन दलहरु बिच सिट बाँडफाँडमा मधेसमा काँग्रेसले एकदमै न्यून सिट लिने सहमित गरेकाे समाचार विभिन्न मिडयाबाट आइरहेकाले यसले मधेसमा काँग्रेसलाई क्षति पुरयाउने भएकाले यश प्रति धयान दिन नेतृत्वलाई सचेत गराएका छन् ।

यसका साथै प्रतिनिधी र प्रदेशसभा क्षेत्रका लागि उम्मेदवार छनाैट गर्ने क्रममा केन्द्रीय कार्यसमितिले जिल्ला सभापतिसंग कुनै सल्लाह र समन्वय पनि नगरेकाे जिल्ला सभापतिहरूको गुनासाे छ । यसरी गर्दा आगामी निर्वाचनमा काँग्रेसलाई घाटा पुग्ने भएकाले बेलैमा ध्यान दिन आग्रह गर्दै मधेसका काँग्रेस जिल्ला सभापतिहरूले मधेसमा गठबन्धन दलहरु बिच सिट भागबन्डा गर्दा र उम्मेदवार छनाैट गर्दा जिल्ला सभापतिहरुसंग समन्वय र परामर्श गर्न पार्टी सभापति देउवाकाे ध्यानाकर्षण गराएका छन् ।

अन्यथा जिल्ला सभापतिहरूसंग परामर्श र समन्वय नगरि टिकट वितरण गरिएमा त्यसले आागामी निर्वाचनमा पार्टीलाई हुने हानि नाेक्सानीकाे सम्पूर्ण जवाफदेही केन्द्रीय कार्यसमिति नै हुने चेतावनी समेत उनिहरुले दिएका छन् ।

Related posts

डाेटीमा भुकम्पले घर भत्किदा ६ जनाकाे मृत्यु

MadhesKhabar

रौतहटमा श्रीकृष्ण जन्माष्टमीमा लागेको मेलाको उद्घाटनलाई लिएर झडप,मेयरसहित ३ घाइते

MadhesKhabar

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

MadhesKhabar

Leave a Comment