Madhes Khabar
मधेस प्रदेश

मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल

मधेसखबर
वीरगन्ज ,२३ मंसिर :प्रतिनिधिसभा सदस्य (सांसद्) रमेश रिजालले मुख्यमन्त्री पाउने जनमत पार्टीको अहिले हैसियत नभएको बताएका छन् ।

शुक्रबार बिहान एक रेडियो कार्यक्रममा अन्तर्वार्ता दिँदै नवनिर्वाचित सांसद् रिजालले भर्खरै गठन भएको जनमत पार्टीले मुख्यमन्त्री माग्ने हैसियत नभएको बताएका हुन् । ‘जनमत पार्टीले मुख्यमन्त्री मागेर हुँदैन । आफ्नो त्यो हैसियत पनि हुनुपर्‍यो । विस्तारै उहाँहरु पनि अगाडि बढेर मन्त्री पाउनुहोला, मुख्यमन्त्री नै कसरी दि हाल्ने,’ रिजालले भने ।

मधेश प्रदेशमा सरकार गठनका लागी कुनै दलसँग पूर्ण बहुमत नभएको खण्डमा गठबन्धनमा सहभागी हुन् जनमत पार्टीले आफूलाई मुख्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ ।

 

नेपाली कांग्रेसका नेता समेत रहेका रिजालले समानुपातिकतर्फको पुरुष सांसद् पूर्व पदाधिकारीलाई बनाउने कि पदाधिकारीलाई बनाउने भन्ने मापदण्ड नबनेको पनि प्रष्ट पारेका छन् । ‘कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । त्यसमा तीन जना मात्र पुरुषले पाउनुहुन्छ । महाभारत भए पनि रामायण भए पनि छान्नै पर्‍यो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत सबै योग्य छ । जीवन परियार, फर्मुल्लाह मन्सुरको दाबी पनि उचित हो । अहिले मेरो, तपाईँको अनुमान मात्र हो । पार्टीको बैठक नबसीकन कसरी भन्न सकिन्छ ? हामीले चाहेर मात्र हुँदैन । बहुमतले जे तय गर्छ, त्यही हुन्छ,’ रिजालले भने ।

रिजालले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । उनले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६-६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने ? पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।

 

प्रधानमन्त्री बन्नका निम्ति रामचन्द्र पौडेलसँग प्रयाप्त शक्ति नभएको र गगन थापा थापाको अहिले प्रधानमन्त्री बन्ने समय नआएको बताउँदै रिजालले भने, ‘गगनको समय आइसकेको छैन ,पछि पछिका लागि भूमिका बनाउनुभएको हो ,संसदीय दलमा उहाँले देउवालाई हराउन सक्नुहुन्न , रामचन्द्र पौडेलले बन्छु भनेर मात्र हुँदैन, आफ्नो शक्ति पनि हुनुपर्छ ,अब देउवालाई रामचन्द्र, प्रकाशमानले पनि सहयोग गर्नुपर्छ , पछि पालो आउँछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल पनि प्रधानमन्त्री नबन्ने उनको भनाई छ ।

मधेस प्रदेशमा कांग्रेस हुनुपर्ने जति बलियो नदेखिएको पनि रिजालले स्वीकारे । उनले भने, ‘कांग्रेसको कन्जबिजोग भएको छैन । एमाले हामीभन्दा ठूलो पार्टी भएको सत्य हो । मधेश प्रदेशमा गठबन्धनकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्री को बन्ने तय भएको छैन ।’ साभार: यात्रा डेलि

Related posts

टिकटक बन्द गर्न माग गर्दै मधेसका दुइ जिल्लामा प्रदर्शन

MadhesKhabar

मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत

MadhesKhabar

माेस्टवान्टेड दुई भारतीयलाई सर्लाहीमा प्रहरीले गाेली हानेर समात्याे

MadhesKhabar

Leave a Comment