Madhes Khabar
मधेस प्रदेश

टिकटक बन्द गर्न माग गर्दै मधेसका दुइ जिल्लामा प्रदर्शन

मधेसखबर

वीरगन्ज,१३ भदौङ : सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ ।

प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाहरुले सोमबार प्रदर्शन गरेका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको हो ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक राजेश यादवले टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने बताए ।

टिकटकका कारण यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने किसिमका गतिविधिहरु बढन थालेपछि चिन्ताको विषय भएको उनले बताए ।सभार : अनलाइनखबर

Related posts

वन कर्मचारीविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा युवा संघको प्रदर्शन

MadhesKhabar

पूर्वसांसद अफताबको मुद्दामा आज पेशी, अन्तिम फैसला आउने सम्भावना

MadhesKhabar

सिरहामा दिनदहाडै मनी ट्रान्सफर सञ्चालकलाई पेस्तोल देखाएर साढे १५ लाख लुटियो

MadhesKhabar

Leave a Comment