Madhes Khabar
मधेस प्रदेश

सिरहामा दिनदहाडै मनी ट्रान्सफर सञ्चालकलाई पेस्तोल देखाएर साढे १५ लाख लुटियो

सांकेतिक तस्बिर ।

सिरहा,२५चैतः सिरहामा आइतबार दिनदहाडै एक मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।सदरमुकाम सिरहाबाट विष्णुपुर गाउँपालिकातर्फ मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लिएर जाँदै गरेका विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादव लुटिएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जन व्याक्तिले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

सिरहा बजारको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।लुटेराहरु भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

Related posts

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

सप्तरीमा गाेली हानेर पुजारीकाे हत्या

MadhesKhabar

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

MadhesKhabar

Leave a Comment