Madhes Khabar
मधेस प्रदेश

सप्तरीमा गाेली हानेर पुजारीकाे हत्या

सांकेतिक तस्बिर ।

सप्तरी,२कार्तिक: सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको मध्यरातमा गाेली हानी हत्या गरिएको छ ।७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । साभार:राताेपाटी

Related posts

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

मधेस सरकारकाे स्वभिमान दिवस कार्यक्रममै जनमत पार्टीले गर्याे नाराबाजी

MadhesKhabar

मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

MadhesKhabar

Leave a Comment