Madhes Khabar
मधेस प्रदेश

जनकपुरका नवनिर्वाचित मेयर मनोजको विजय जुलुशमा काँग्रेसका मन्त्री र नेताहरु सहभागी

तस्वीर :सेतोपाटी

माधुरी महत्तो
वीरगन्ज,११ जेठ
: मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिइ मेयरमा जितेका मनोज साहले बुधबार कांग्रेसका नेताहरूकै सहभागितामा विजय जुलुश निकालेका छन् ।
गठबन्धनको भागबण्डामा मेयरको टिकट जसपाको भागमा परेपछि स्वतन्त्र उम्मेदवारी दिएपनि मेयरमा विजयी भएका साहले बुधबार जनकपुरमा काँग्रेसकै नेताहरुलाइ सहभागी गराएर विजय जुलुश निकालेका हुन् ।
मेयर साहको विजय जुलुमा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, नवनिर्वाचित काँग्रेसका उपमेयर किशोरी साह, काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियार लगायतका कांग्रेसका नेता र कार्यकर्ताहरुको सहभागितामा थियो ।
घण्टाघर’ चुनाव चिन्ह लिएर चुनाव लडेका साहको विजय जुलुशमा सहभागी कांग्रेसका नेता कार्यकर्ताहरुले काँग्रेस पार्टीकै झण्डा लिएर जयजयकार गरेका थिए । मेयर साहले पनि ‘नेपाली कांग्रेस जिन्दावाद’ भनेर नारा समेत लगाएका थिए ।
कम्युनिष्टसँगको गठबन्धनका कारण पार्टीले बाटो बिराएको भन्दै नेतृत्वलाई सच्चिन र पार्टी जोगाउन उम्मेदवारी दिएको उनले बताउँदै आएका छन् ।
साहलाई जिताउन आन्तरिक रूपमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र उनका समूहका नेताहरूले पहल गरेका थिए।

Related posts

रौतहटमा जग्गाको विवादमा ९ वर्षीय बालकको हत्या , काका सहित २ पक्राउ

MadhesKhabar

लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

MadhesKhabar

मधेसमा भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता: मुख्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment