Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा ३० लाखको गाँजासहित दुई जना पक्राउ

सर्लाही,१२कार्तिक : सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ क्वीन्टल ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। शनिबार राती ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ।

ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई गाँजासहित सार्वजनिक गरेको हो। बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको धितालले बताए। साभारः अन्नपूर्णपोष्टबाट

Related posts

मधेस प्रदेशमा तत्काल ५०० वटा ’डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

MadhesKhabar

बारामा राष्ट्रिय परिचयपत्र र पासपोर्टका लागि पालिकाबाटै अनलाईन फाराम भर्ने व्यवस्था

MadhesKhabar

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

MadhesKhabar

Leave a Comment