
माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख : पर्साको पोखरीया नगरपालिकामा नेपाली काँग्रेसले चुनावी अभियानलाइ तिब्रता दिएको छ ।
नगरपालिकाका १० वटै वडामा काँग्रेसले घरदैलो कार्यक्रम , पार्टी प्रवेश कार्यक्रम , अगुवा , महिला र युवाहरुसंगको भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको हो ।
यसै क्रममा काँग्रेसबाट मेयरका उम्मेदवार दिप नारायण रौनीयार (मन्टु) को अगुवाइमा शनिवार पोखरीया नगरपालिका वडा नम्बर २ का विभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरिएको छ ।
वडा नम्बर २ का लमहरीया , डमरापुर , जमुनिया र झकरा गाँउमा काँग्रेसले शनिवार घरदैलो कार्यक्रम गरेको हो ।
घरदैलो कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार मन्टु , उपमेयरी उम्मेदवार रहाना खातुन , वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार जंग बहादुर अहिर ( भोट यादव) , काँग्रेस महाधिवेशन प्रतिनिधी वीरेन्द्र पाण्डे , स्थानीय नेताहरु अमलेश्वर मिश्रा लगायतको सहभागीता रहेको थियो ।
मतदाताको घरदैलोमा पुग्ने क्रममा मेयरका उम्मेदवार मन्टुले पोखरीयाको बृहतर विकास र समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेकाले काँग्रेसका उम्मेदवारहरुलाइ भारी मतका साथ विजयी गराउन आग्रह गरे ।
मधेस र देशको विकास काँग्रेसले मात्रै गर्न सक्ने भएकाले स्थानीय तहको निर्वाचनमा पनि काँग्रेस प्रति जनताको जनलहर देखिएको उनले बताए ।

